शनिबार, मंसिर १८, २०७८

युरो २०१६ः समूह ‘ए’ मा फ्रान्स बलियो

२२ जेष्ठ २०७३, शनिबार ११:५७

euro-cup_franceसहभागिता र चर्चाका हिसावले विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आगामी जुन १० देखि फ्रान्समा सुरु हुँदैछ । सन् १९६० यता प्रत्येक चार-चार बर्षमा हुने यस प्रतियोगिताको फ्रान्सले दोस्रो पटक आयोजना गर्ने अवसर पाएको हो ।

यसअघिका संस्करणमा भन्दा अहिलेको युरोकप केहि फरक देखिनेछ । पहिलो पटक युरोकपमा युरोपका २४ मुलुकका टोलीहरुले सहभागिता जनाउनेछन् ।

यसअघि १६ टोलीहरुको मात्र सहभागिता रहने गर्थ्यो । त्यसैले यसपालीको युरोकपमा नयाँ टोलीहरुको सहभागिता रहनेछ । वेल्स, अल्वानिया, आइसल्याण्ड र स्लोभाकियाले पहिलो पटक युरोकप खेल्दैछन् ।

जुन १० देखि जुलाई १० सम्म हुुने युरोकपमा जम्माजम्मी ५१ खेलहरु हुनेछन् । फ्रान्सका विभिन्न १० शहरमा प्रतियोगिताका खेलहरु खेलाइनेछ । प्रतियोगितामा छनौट भएका २४ टोलीलाई ६ समूहमा बिभाजन गरिएको छ ।

प्रत्येक समूहबाट समूह बिजेता र उपबिजेताले अन्तिम १६ मा स्थान बनाउनेछन् । ६ समूहमध्ये प्रत्येक समूहबाट तेस्रो हुने मध्ये उत्कृष्ट चार टोलीले पनि ‘राउण्ड अफ सिक्स्टिन’ अर्थात पि्रक्वाटरफाइनलमा प्रबेश पाउनेछन् । आज हामी समूह एको चर्चा गर्दैछौं । जहाँ आयोजक फ्रान्ससहित रोमानिया, अल्वानिया र स्वीट्जरल्याण्ड छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share