बुधबार, मंसिर २२, २०७८

युरोकप आज देखि

२८ जेष्ठ २०७३, शुक्रबार १३:५६

काठमाडौं, २८ जेठ । मिनी विश्वकपका रुपमा परिचित युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय युरोकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैछ । फ्रान्सको सेन्ट डेनिसस्थित स्टेड डी मा हुने पहिलो खेलमा आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामाना गर्नेछ ।
खेल राती पौने १ बजेदेखि सुरु हुने छ । युरोकपको यो १५ औ संस्करण हो । प्रतियोगितामा युरोपका २४ टोली सहभागी रहेन छन् । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।
लिग चरणको समाप्तिuro 2016पछि समूहका र्शीष २ टोली क्वार्टरफाइनलमा पुग्नेछन् । समूहको तेस्रो टोलीमध्ये र्शीष ४ टोलीले पनि अन्तिम आठमा स्थान बनाउनेछन् । यसअघि १६ टोलीमात्र सहभागी गराइादै आएको यो प्रतियोगितामा यस पटकदेखि आठ टोली थप गरेर आकार बढाइएको हो ।
फ्रान्सले सुरक्षाका लागि सबै प्रबन्ध राम्रोसाग मिलाएको जनाएको छ । युरोकपको सुरक्षाका लागि ९० हजार प्रहरी परिचालन गर्ने जनाएको छ । फ्रान्समा खतरा कायम रहेको भन्दै अमेरिका र बेलायतले सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share