सोमवार, मंसिर २०, २०७८

युगान्डाद्वारा उत्तर कोरियासँगको सैन्य सम्बन्ध रोक्ने

१७ जेष्ठ २०७३, सोमबार ११:१६

सोल, १७ जेठ । युगान्डाका राष्ट्रपति योबेरी मुसेभिनीले उत्तर कोरियासँगको सैन्य एवम् सुरक्षा सम्बन्ध रोक्ने बताएका छन् ।

सोल स्रोतका अनुसार राष्ट्रसङ्घले उत्तर कोरियालाई आणविक तथा क्षेप्यास्त्र परीक्षणका घटना रोक्न लगातार गरेको आग्रहलाई बेवास्ता गरेपछि प्योङयाङविरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो ।
यसै सन्दर्भमा विश्वका अनय मुलुकले उत्तरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै नाकाबन्दीप्रति समर्थन जनाएका छन् ।
युगान्डाका राष्ट्रपति मुसेभिनीसँगको कम्पालामा भएको दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हेसँगको शिखर वार्ता उक्त प्रतिबद्धता आएको हो ।
हामीले हाम्रा अधिकारीहरुलाई राष्ट्र सङ्घीय सुरक्षा परिषद्को सङ्कल्पअनुरुप हुनेगरी उत्तर कोरियासँगका सुरक्षा, सैन्य एवम् प्रहरीसँग रहँदै आएको सम्बन्ध रोक्न निर्देशन दिइसकेका छौँ, मुसेभिनीको भनाई उद्धृत गर्दै दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ता जन योङगुकले बताएका छन् ।
उत्तर कोरियाका दर्जनौँ सुरक्षा अधिकारीले युगान्डामा रही सैन्यै तथा प्रहरी अधिकारीलाई तालिम दिने काम गर्दै आएका छन् । रासस÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share