शनिबार, असार ११, २०७९

यसकारण अविश्वासको प्रस्ताव सामना गर्दैछन् ओली ?

३० असार २०७३, बिहीबार ०७:२६

काठमाडौं, ३० असार – प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो रोजेका छन् ।

ओलीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र माओवादी केन्द्रले बुधबार संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अल्पमतमा परिसकेपछि राजीनामाको सट्टा ओली किन अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे ? यसका पछाडि केही कारण छन् ।

संसद्मा विश्वासको मत आर्जन गरेर सरकारलाई निरन्तरता दिन सकिने सम्भावना देखेर ओलीले राजीनामा नदिएका होइनन् । जति गरे पनि आफ्नो पक्षमा बहुमत नपुग्ने उनले राम्ररी बुझेका छन् ।

तर उनी आफ्नो सरकारको औचित्य संसद्मा पुष्टि गराउन चाहन्छन् । त्यसैले राजनीतिक वक्तव्यबाट समर्थन फिर्ता लिएको विषय संसदीय प्रक्रियामा प्रवेश गरोस् भन्ने उनको मनसाय छ ।

संसद्मा प्रवेश गराएपछि अविश्वास प्रस्तावमाथि बहस हुन्छ । उक्त बहसमा दुवै पक्षका सांसदहरूले आफ्नो कुरा राख्न सक्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share