बुधबार, माघ ५, २०७८

मोबाइल एक्स्पोमा रु पचास लाखको कारोबार

९ असार २०७३, बिहीबार ११:२०

काठमाडौँ, ९ असार । नयाँ बसपार्कस्थित बिजी मलमा यही असार १ गतेदेखि सुरु भएको मोबाइल एक्स्पोमा अहिलेम्म रु ५० लाखभन्दा बढीको कारोबार भइसकेको आयोजकले जनाएका छन् ।

मोबाइलका पारखीलाई लक्षित गरी आयोजना गरिएको उक्त मोबाइल एक्स्पोमा २५ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित आयोजना गरेको उक्त बिजी मलले मोबाइल एक्स्पोमा सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

मलका अध्यक्ष वासु गिरीले एक्स्पोमा राखिएका विभिन्न उपहारका प्याकेजले पनि मोबाइलका पारखीलाई आकर्षित गरेको बताए । एक्स्पो अवधिमा मलमा आउने ग्राहकमध्ये दुई जनाले दैनिकरुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । यसक्रममा १६ जनाले मोबाइल सेटसमेत उपहारस्वरुप प्राप्त गरिसकेका छन् । एक्स्पो यही असार ११ गतेसम्म चल्नेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share