शनिबार, मंसिर १८, २०७८

`मैले २५ लाख मागेको छैन` : अनमोल केसी

२९ जेष्ठ २०७३, शनिबार ०९:२६

anmol-1लगातार तीन वटा हिट फिल्म दिएका अभिनेता अनमोल केसीले आफूले फिल्मको लागी २५ लाख लिने अडान नकसेको तर २५ लाख पारिश्रमिक दिनको लागी अफर आएको बताएका छन् । आफूले अभिनय गरेको पछिल्लो फिल्म ‘गाजलु’को प्रिमियरमा अनमोलले पारिश्रमिकको बारेमा यस्तो प्रतिकृया दिएका हुन् ।

मिडियाहरुले सानो कुरालाई पनि ठूलो बनाउने र नभनेको कुराहरुलाई पनि भनेको हो भनेर समाचार फैलाउने काम गरेको आरोप लगाएका छन् । अनमोलले आफूलाई धेरै फिल्महरूबाट अफर आउने गरेको तर जुन पायो त्यही फिल्म खेल्ने निर्णय नलिएको बताए ।

पैसा भन्दा पनि बिशेष गरेर फिल्मको कथावस्तुलाई ध्यान दिएर मात्र अभिनय गर्ने उनले बताए । उनले भने, ‘पैसा भनेको आज हुन्छ भोली हुन्न तर इज्जत भने सधैंं रहनु पर्छ । त्यसैले पैसालाई मात्र खासै प्राथमिकता नदिकन राम्रो फिल्मलाई बिशेष ध्यान दिएर दर्शकहरुको मन जित्ने छु ।’

शुक्रबारदेखि प्रदर्शनमा आएको अनमोलको ‘गाजलु’ले उत्साहजनक ओपनिङ गरेको रिपोर्ट समेत आएको छ । यो फिल्म हिट भएका अनमोलको मूल्य त बढ्ने छ नै नेपाली फिल्म ईतिहासमा यसरी लगातार सुपरहिट फिल्म दिने युवा स्टारको रूपमा समेत नाम लेखिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share