बिहिबार, माघ १३, २०७८

मृतकका शव उनीहरुकै घरमै पुर्‍याउन माग

८ असार २०७३, बुधबार १२:२४

काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद्को वुधबारको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उनीहरुकै घरमा पुर्‍याउन सरकारको ध्यानकर्षण गराएका छन् ।

उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिए ।

उनीहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दू्रत गतिमा वितरण गर्नसमेत माग गरे ।

यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share