मुलुक हाँक्ने जिम्मा महिलाको काँधमा
१८ कार्तिक २०७३, बिहीबार ०७:०६पाँचथर, १८ कात्तिक । नेपाली काँग्रेसकी नेत्री तथा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडाले अब महिला मुलक हाँक्न सक्ने क्षमतामा पुगिसकेको बताएका छन् ।
महिलालाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रदर्शन गर्न सक्ने महिला आउँदै जाने उनले बताए ।
पाँचथरको फिदिममा बुधबार साँझ रासससँग कुराकानी गर्दै उहाँले अब महिला थपनाका लागि मात्रै नभएर नेतृत्व प्रदर्शन गर्ने किसिमका आउने बताए । महिलाको चौतर्फी क्षमता विकासका लागि महिला सङ्घले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने उनको भनाइ थियो ।
उनले भने, “अब देश हाँक्ने भनेको महिलाले हो, अब महिला ‘यस म्यान’ भएर होइन नेतृत्व प्रदर्शन गर्ने किसिमबाट आउँदैछन् र आउनुपर्दछ ।”
उनले सबै दल एकमत भएर संविधान संशोधन गर्दै यसको कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने धारणा राखे । जसरी पनि विसं २०७४ माघभित्रमा स्थानीय, प्रदेश र सङ्घको चुनाव गरिसक्नुपर्ने र तीनै तहमा सक्षम, सबल र क्षमतावान् महिला आउने उनले बताए ।
रासस