शनिबार, माघ ८, २०७८

मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने – नेता भट्टराई

२४ असार २०७३, शुक्रबार १३:२०

Baburam Bhattaraiविराटनगर, २४ असार । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले हाल मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै संयोजक डा भट्टराईले मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि निर्वाचन गराउन सुझाव दिए ।

संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनःलेखन असम्भव रहेको स्पष्ट पारे ।

मधेसको समस्या समाधान नगरी स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन हुन नसक्ने भएकाले संविधान संशोधन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

संयोजक डा भट्टराईले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको विचार प्रकट गरे ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share