सोमवार, मंसिर २०, २०७८

मुग्लिन सडक बिहानदेखि सञ्चालनमा

२६ जेष्ठ २०७३, बुधबार ०९:०८

रत्ननगर (चितवन), २६ जेठ । पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड वुधबार बिहानदेखि सञ्चालनमा आएको छ ।

गए राति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उक्त खण्डअन्तर्गत चण्डिभञ्याङ–६ स्थित कालीखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहानदेखि बाटो खुला भएको हो । राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ लागेका छन् ।
यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share