मङ्लबार, माघ ११, २०७८

मुग्लिन नारायणगढ सडक अवरुद्ध

१ श्रावण २०७३, शनिबार ०८:३९

चितवन, १ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि शनिबार बिहान ५ः२५ बजेबाट सडक अवरुद्ध भएको छ ।

sadk1_1467348512जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ पहिरो खसेको हो । सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share