शुक्रबार, असार १७, २०७९

मुखर्जीको जनकपुरमा स्वागतको तयारी यस्तो छ

१८ कार्तिक २०७३, बिहीबार ०८:२२

जनकपुर १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीकोे जनकपुरधाममा हुने भ्रमणको तयारी पुरा भएको छ ।तीन दिने भ्रमणको क्रममा हिजो काठमान्डौ आइपुगेका मुखर्जी भोली विहान जनकपुर जाने कार्यक्रम छ ।

janakpurजनकपुर भ्रमणको क्रममा जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाले गर्ने नागरिक अभिनन्दनपछि मुखर्जीको सम्वोधन गर्ने छन् ।

भारतीय राष्ट्रपति मुखर्जीको जानकी मन्दिरमा दर्शनको लागि २५ मिनेट तथा नागरिक अभिनन्दनको लागि ३० मिनेटको कार्यक्रम निर्धारण गरिएकोे छ ।

राष्ट्रपति मुखर्जीको जनकपुर आगमनलाई लिएर त्यहाँकोसुरक्षा व्यवस्था समेत कडाई गरिएको छ । सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक उत्तमराज थनेटले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रुपमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

यसैबीच भारतीय राष्ट्रपति मुखर्जीको स्वागतको लागि जनकपुरका मुख्य चोकहरुमा स्वागतद्वारका साथै नेपाल र भारतको राष्ट्रिय झण्डाले सजाइएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको स्वागतको लागि जनकपुरमा ५ हजार भन्दा बढी विद्यार्थीलाई समेत सडकमा उतारिने कार्यक्रम छ ।
जनकपुर एयर पोर्ट देखी जानकी मन्दिर तथा तिरहुतिया गाछीसम्म सडकको दुवैपट्टी फूल तथा नेपाल भारतको राष्ट्रिय झण्डा सहित विद्यार्थीहरुले स्वागत गर्ने कार्यक्रम रहेको निजी विद्यालयको संगठन प्यावसन धनुषाका उपाध्यक्ष विश्वलाल सिंहले जानकारी दिए । जनकपुर भ्रमण पश्चात मुखर्जी भोली नै पोखरा जाने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share