मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता
६ असार २०७३, सोमबार १३:०२बर्दिया, ६ आसर ।
तीन वर्षयता बर्दियामा मानव बेचबिखनविरुद्ध आठवटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०६९÷७० मा दुईवटा मुद्दा दर्ता भएका थिए । उक्त मुद्दाका एकजना अभियुक्तलाई जिल्ला कारागारमा राखिएको छ भने दुई जना अझै फरार छन् । त्यस्तै २०७०÷७१ मा तीनवटा मानव बेचबिखनका मुद्दा दर्ता भएका थिए । उक्त मुद्दाका चारजना अभियुक्त पक्राउ परेका र एकजना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आव २०७१÷७२ मा तीनवटा मुद्दा दर्ता भएका थिए भने आठ जना अभियुक्त पक्राउ परेका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । उक्त घटनासँग सम्बन्धित एक जना अभियुक्त अझै फरार छन् । तीनवटा मुद्दाका घटनामा १३ जना महिला पीडित वनेका छन् ।
नेपाल–भारत खुला सीमा क्षेत्रका कारण मानव बेचबिखनका घटना हुने गरेका भए पनि थोरै मुद्दा मात्र प्रहरीमा दर्ता हुने गरेका बताइएको छ ।
रासस