शुक्रबार, कार्तिक ५, २०७८

मानवअधिकार आयोगलाई पृतना प्रवेशमा रोक

२५ भाद्र २०७३, शनिबार ०७:५९

काठमाडौ, २५ भदौ – नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई सुदूरपश्मिाञ्चलको दिपायल पृतनामा प्रवेश नदिइएपछि आयोगको टोली खाली हात धनगढी फर्किएको छ ।

यता ब्यारेकमा बन्दी बनाइएका व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घन्टाभित्र आयोगमा उपस्थित गराउन नेपाली सेनाको जंगी अड्डालाई पत्राचार गरिएको छ ।

सैनिक ब्यारेकका गोलीगट्ठा गायब पारिएको आरोपसहित सेनाका जवान देवसिंह बोहोरालगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ २२ गते दिपायल पृतना पेगेको थियो ।

आयोग टोलीले निमित्त पृतनापति सुदर्शनविक्रम राणा र कर्णेल गौरवबहादूर केसीलाई भेटेर बन्दीका विषयमा बुभm्ने कार्यक्रम थियो ।

२२ गतेदेखि २४ गतेसम्म टोली दिपायलमै बस्यो तर पृतनामा प्रवेशको अनुमति दिइएन ।

आजको अन्नपूर्णमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share