सोमवार, मंसिर २०, २०७८

माछा मार्न गएका बेपत्ता, आठको उद्धार

२३ जेष्ठ २०७३, आईतवार १२:५०

डडेल्धुरा, २३ जेठ ।

खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन् । डडेल्धुरा मष्टमाडाँै–६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार गरेको तर उनलाई उद्धार गर्न नसकेको स्थानीयवासी भीमबहादुर विष्टले बताउनुभयो । आज पनि उनको खोजी भइरहेको सकायल प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share