बुधबार, मंसिर २२, २०७८

माछागढ क्लवको विजयी सुरुवात

२१ जेष्ठ २०७३, शुक्रबार १९:२४

बाँके, २१ जेठ । बाँकेमा सुरुभएको १७ वर्षमुनिको राष्ट्रिय टि–२० क्रिकेट लिगमा  माछागढ क्रिकेट क्लब बर्दिया विजयी भएको छ । बाँकेको कोहलपुरमा भएको उद्धघाटन खेलमा माछागढले जाजरकोट क्रिकेट क्लबलाई ११ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको माछागढले १३ दशमलब २ ओभरमा सबै विकेट गुमाई ७५ रन जोड्न सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जाजरकोट भने १४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदा मात्र ६४ रनमै सीमित हुन पुग्यो । प्रतियोगीतामा विजेता हुने टिमले नगद ५१ हजार र उपविजेताले २१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका ६ वटा टिमले सहभागीता जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share