मङ्लबार, माघ ११, २०७८

माओवादी केन्द्रले मानव तस्करीमा संलग्न सांसदसंग बयान लिदै

२३ असार २०७३, बिहीबार १०:४१

काठमाडौं, २३ असार । नक्कली सहयोगी बनाएर मानव तस्करीमा संलग्न  माओवादी केन्द्रका ८ सांसदलाई पार्टी विहीबार बयान लिने भएको छ । बुधवार बसेको माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकले सांसदहरु मानव तस्करीमा संलग्न रहेकोबारे समाचार बाहिर आएपछि छानबिन समिति गठन गरेको छ ।

पार्टीको अनुशासन समितिका संयोजन अमिक शेरचनको संयोजकत्वमा गठन भएको समितिमा कृष्णबहादुर महरा र पम्फा भुसाल सदस्य रहेका छन् । समितिले आरोपित सांसदहरुलाई बयानका लागि बिहीबार बिहान आरोपीत आठै सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ ।

सांसदहरु सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, गोमा कुँवर, डोरप्रसाद उपाध्याय, राममाया बोगटी, दिलमाया धामी र धना पहरीले स्पेन जान भिसा आवेदन दिएका थिए । उनीहरुमाथि कन्सुलर सेवा विभागको पत्र किर्ते गरी नक्कली सहयोगीका रुपमा लगेर मानव तस्करी गर्न खोजे पछि यस्तो घटना सार्वजानिक भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share