सोमवार, मंसिर २०, २०७८

माओवादी केन्द्रमा सदस्य थपिदैँ

१९ जेष्ठ २०७३, बुधबार ०८:०८

puspa kamalकाठमाडौ १९ जेठ- नेकपा माओवादी केन्द्रमा थप्ने सदस्य संख्याबारे आज अन्तिम टुंगो लाग्ने भएको छ ।

विभिन्न समूहमा विभाजित माओवादीहरु एक ठाउँमा आएपछि भद्रगोल बनेको पार्टीमा करिब एकहजार केन्द्रीय सदस्य थप्ने तयारीस्वरुप कार्यदलले काम गरिरहेको छ ।
नेता वर्षमान पुन नेतृत्वको कार्यदलले केन्द्रीय समितिमा थप गर्ने सदस्य र सदस्य थप्नुपर्नेका कारणहरुबारे हिजो साँझ केन्द्रका अध्यक्ष पुष्पकममल दाहाललाई प्रतिवेदन बुझाएपछि सदस्यहरुको आज टुंगो लगाउन लागिएको हो ।

पुन नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अब ९ सय ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने तयारी भइरहेको छ । कार्यदलको प्रतिवेदनमाथि थप छलफल गर्न अहिले केहीबेरमा अध्यक्ष दाहालको निवासमा हेर्डक्वार्टरको बैठक बस्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share