शनिबार, मंसिर १८, २०७८

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति जम्बो

२० जेष्ठ २०७३, बिहीबार १६:१४

maoist_headquarters

काठमाडौँ, २० जेठ ।

नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो । बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ ।
पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।
यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिएइन् । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
‘‘सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पु¥याउनका लागि महाधिवेशन आयोजक समिति ठूलो बनाइएको हो ।       पार्टी सङ्गठन विस्तार गर्नका लागि मात्रै ठूलो बनाइएको हो ।
सो समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’’ – प्रवक्ता भुसालले भनिन्  । बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राख्नुभएको थियो । उहाँहरुले सङ्गठनात्मक संरचना ठूलो बनाउँदा काम गर्न समस्या पर्ने भन्दै चुस्त र दुरुस्त बनाउन आग्रह गरेका थिए ।
बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पु¥याउने निर्णयसमेत गरेको छ । सोही निर्णयअनुसार आज प्रदेश नं ३ को प्रशिक्षण कार्यक्रम राखिएको छ । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share