शुक्रबार, असार १७, २०७९

माइक्रोसफ्टले २६.२ अर्ब अमेरिकी डलरमा लिङ्क्डइनलाई किन्ने

३२ जेष्ठ २०७३, मंगलवार ०८:२०

वासिङटन, ३२ जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ ।

सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाएका हुन् ।
लिङ्क्डइन र माइक्रोसफ्ट कम्पनीले संयुक्त रुपमा वक्तव्य जारी गरी बताएका छन् लिङ्क्डइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्क्डइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूववत तरिकाले हेर्ने छन् ।
जसरी लिङ्क्डइनले विश्वलाई मौकासँग जोडेको छ, माइक्रोसफ्ट र लिङ्क्डइनको मिलनपछि यसको सञ्जालले विश्वले गर्ने कामलाई जोड्ने मौका प्रदान गर्ने छ, वेनरले बताए ।
उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ ।
लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share