बुधबार, कार्तिक १०, २०७८

महोत्सवमा एक करोड रुपैयाँ सङ्कलन

२४ भाद्र २०७३, शुक्रबार ११:१४

मुस्ताङ, २४ भदौ । जनहित बहुमुखी क्याम्पस जोमसोममा प्राविधिक शिक्षा पठनपाठन गराउने उद्देश्यले आयोजित धार्मिक तथा शैक्षिक महोत्सवमा एक करोड रुपैयाँ सङ्कलन भएको छ । यही भदौ ९ देखि १६ गतेसम्म सञ्चालन भएको महोत्सवबाट विद्यालयको चौतर्फी विकासका लागि उक्त रकम सङ्कलन भएको क्याम्पसले जनाएको छ ।

जनहित मुस्ताङको सबैभन्दा पुरानो क्याम्पस हो । विद्यालयमा प्राविधिक शिक्षासँगै स्नातकोत्तर तह सञ्चालन गर्न पनि महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए ।

“हामीले जुन उद्देश्य राखेर यो महोत्सब आयोजना गरेका थियौँ, धेरै हदसम्म सफल भयो”, उनले भने , “क्याम्पसका लागि यसअघि नै जग्गा प्राप्त भइसकेको छ, अब केही पूर्वाधार तयार गर्नेछौँ ।”

क्याम्पसले प्राविधिक शिक्षाका लागि अनुमति प्राप्त गरिसकेको छ भने स्नातकोत्तरका लागि प्रक्रिया अघि बढेको छ । ११ र १२ कक्षा पछि विद्यार्थी जिल्लाबाहिर जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्यका लागि क्याम्पसले स्नातक र स्नातकोत्तर तहको अध्यापन गराउने तयारी गरिएको अध्यक्ष थकालीले बताए  ।

सप्ताहव्यापी महोत्सवमा पण्डित दीनबन्धु पोखरेल र सह–वाचक धु्रवशरण बस्यालले सङ्गीतमय कथावाचन गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share