बुधबार, कार्तिक १०, २०७८

महिला संघको महाधिवेशन सुरु, महिला अधिकार स्थापित गराउने नेताहरुको प्रतिवद्धता

२९ भाद्र २०७३, बुधबार १८:१७

काठमाडौं, २९ भाद्रा । नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिबेशन आजदेखि राजधानीमा शुरु भएको छ । महाधिबेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा आज दिउँसो उद्घाटन गरेका थिए । 14333729_10154497690872329_2440784405835264035_nनेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको नेतृत्वका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानल नै खडा गर्ने भएका छन् । संस्थापन पक्षले उमा रेग्मी र वरिष्ठ नेता पौडेल पक्षले मीना पाण्डेको नेतृत्वमा प्यानल बनाएका हुन् । पाण्डे र रेग्मी दुवै पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित नेतृ हुन् । देउवा समूहले महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाउने भएको छ ।

14317500_1480367095310538_4633762951322005531_nपौडेल पक्षले हिजो अध्यक्ष उम्मेदवार घोषणा कार्यक्रम नै गरी पाण्डेको नाम घोषणा गरेको थियो । देउवा पक्षले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई अघि सार्ने तयारी गरेको भए पनि विधानअनुसार अध्यक्षमा उम्मेदवार बन्न दस वर्षसम्म निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्थाअनुसार यादव अयोग्य भएपछि रेग्मीलाई अघि बढाएको हो ।

संघको ६५ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई महामन्त्री, कोषाध्यक्ष, केन्द्रीय सदस्यमा खुलातर्फ २२, दलित, आदिवासी जनजाति, मधेसीबाट ३–३, प्रदेशबाट ३–३, मुस्लिम १ जनाका लागि निर्वाचन हुनेछ । सभापतिले ९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशनमा २२ सय ४४ प्रतिनिधिको सहभागिता रहेको छ । २००४ सालमा नेतृ मंगलादेवी सिंहको नेतृत्वमा गठन भएको संघको दोस्रो महाधिवेशन ०६२ सालमा भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share