आइतवार, अशोज ३१, २०७८

महिला संघको बन्द सत्र आज

३० भाद्र २०७३, बिहीबार ०९:२३

काठमाडौ ३० भदौ–नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने बन्द सत्र अहिले केहीबेरमा हुनेछ । महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ ।
महाधिवेशनमा मुलुकभरबाट २२ सय ४४ महिला प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । संघको अध्यक्ष पदका लागि मीना पाण्डे र उमा रेग्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share