आइतवार, अशोज ३१, २०७८

महिला कैदीबन्दीलाई टेलिभिजन र कपडा

१९ भाद्र २०७३, आईतवार ११:५४

सिन्धुली, १९ भदौ । समाजसेवी उज्वलविक्रम थापाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दी सूचनाबाट वञ्चित भएकाले एक थान टेलिभिजन प्रदान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापाले कैदीबन्दीलाई न्यूनतम मानवाधिकारबाट वञ्चित गराउन नमिल्ने बताए। यसैबीच थापाले तीजका उपलक्ष्यमा महिला कैदीबन्दीलाई साडी, पछ्यौरा र तौलिया एक/एक थान वितरण गरे ।

जिल्ला कारागारमा महिला कैदीबन्दी राख्न भौतिक संरचना नहुँदा नहुँदै पनि गोदाम कोठामा आठ महिला कैदीबन्दी बस्दै आइरहेका छन् । उनीहरुका लागि भौतिक संरचना नभएकाले गोदामका लागि निर्माण भएको कोठामा राखिएकाले कुनै पनि सेवा सुविधा पाउन नसकेको कारागार प्रमुख मातृकाप्रसाद पहाडीले बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share