मङ्लबार, असार २१, २०७९

महिलाले सामुदायिक भवन बनाए

१८ कार्तिक २०७३, बिहीबार ०९:०१

बाबियाचौर (म्याग्दी), १८ कात्तिक । म्याग्दीको हिस्तान–१ र २ मा पर्ने घराम्दीका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

घराम्दी आमा समूहको पहलमा रु चार लाखको लागतमा दुईतले सामुदायिक भवन निर्माण भएको हो । जिविसको रु दुई लाख अनुदान र स्थानीय बासिन्दाको रु दुई लाख बराबरको श्रमदानमा भवन निर्माण भएको आमा समूहकी सदस्य सुजिना पुनले जानकारी दिए ।

भवन निर्माणका लागि घराम्दीका एक सय २६ घरधुरीले एक दिनका दरले श्रमदान गरेका थिए । पुरानो भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ बनाएको सदस्य पुनले बताए ।

भवन निर्माण समितिमा सबै महिला रहेका थिए । नौ सदस्यीय निर्माण समितिका महिलालाई गाउँका अगुवा तथा पुरुषले पनि भवन निर्माणको काममा सहयोग गरेका थिए । सामुदायिक भवन निर्माण भएपछि गाउँमा सार्वजनिक कार्यक्रम आयोजना, भेला, सम्मेलन तथा छलफल गर्न सहज भएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share