शुक्रबार, असार १७, २०७९

महामन्त्री डा कोइराला अस्वस्थ, अवस्था बुझ्न प्रम अस्पतालमा

२२ असार २०७३, बुधबार ११:४८

shasank_840काठमाडौँ, २२ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।

डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी लामिछानेले जानकारी दिए । उनको अवस्था अचेत छ ।पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उनलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उनलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीका अनुसार अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने बताए । उपचारका लागि उनलाई बाहिर लाने विषयमा उनको परिवारमा छलफल भइरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला पनि ओम अस्पताल पुगेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली आज विहान सो अस्पताल जानुभई नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरी डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनको स्वास्थ्य उपचारमा गम्भीर भई लाग्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

साथै, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्न ओम अस्पताल पुगेका छन्।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share