महाअभियोग प्रस्ताव सहमतिबाटै निर्णय हुन्छः ढकाल
२० कार्तिक २०७३, शनिबार १३:५४मोरङ, २० कात्तिक । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोेधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीतिक गर्न नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अख्तियार प्रमुख कार्कीको महाअभियोग र संबिधान संशोधनको विषय फरक भएकालै ए्कै ठाउँमा राखेर हेर्न नहुने धारणा राखे ।
उनले भने, “संसद्मा पेस भएको अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव पारित हुन्छ,।” सचेतक ढकालले ११ सदस्यीय महाअभियोग समितिले काम थालिसकेको तथा त्यसबारेमा २५ गते बस्ने संसद् बैठकबाट छलफल सुरु हुने भएकाले महाअभियोग प्रस्तावको बारेमा निर्णय हुँदैन भन्नु अत्युिक्त नहुने तर्क गरे ।
दलबीचमा भएका छलफल र सहमतिबाट नै महाअभियोगको निर्णय हुने उनको तर्क छ । रासस