मङ्लबार, असार २१, २०७९

मलेसिया र सिंगापुरलाई उच्च गतिको रेलले जोड्ने

३० असार २०७३, बिहीबार १९:१७

क्लालालम्पुर, ३० असार । मलेसिया र सिंगापुर जोड्नका लागि उच्च गतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघि देखि नै दिइएको थियो ।

बिहीबार मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सार्वजनिक गरेका राजधानी क्लालालम्पुरबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यस सम्झौतामा मलेसियाली प्रधानमन्त्री नजिब रजाक र सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले हस्ताक्षर गर्ने जनाइएको छ ।

यस सम्झौताबमोजिम उक्त रेलसेवाको निर्माण आगामी सन् २०१८ बाट सुरु हुने छ । उक्त आयोजना कहिलेसम्ममा पूरा हुने भन्ने बारेमा भने केही बताइएको छैन ।

यी दुई देशले एक अर्कालाई जोड्न तिब्र गतिको रेलसेवा निर्माण गर्ने सम्बन्धी सम्झौता गर्ने भनी केही वर्षअघि योजना बनाएका थिए ।

त्यसले अब छिट्टै मुर्त रुप लिने मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् । तर यस समाचारमा यी दुई देशबीच के कति समयमा पग्न सकिन्छ भन्ने बारेमा भने केही दिइएको छैन । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share