बिहिबार, माघ ६, २०७८

मर्मतपछि बोइङ ७५७ सञ्चालनमा

३० असार २०७३, बिहीबार ०९:२०

काठमाडौँ, ३० असार । एकसाता अगाडि चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाली एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ ।

बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो ।

गत शुक्रबार हङ्कङका लागि उड्ने क्रममा धावनमार्गमा चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या भएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share