आइतवार, असार १९, २०७९

मन्दिर निर्माणका लागि देउसीभैलोबाट करिब रु दुइ लाख सङ्कलन

२० कार्तिक २०७३, शनिबार १४:२९

इलाम, २० कात्तिक । इलामको एकतप्पा– ९ रुपटारमा निर्माणाधिन सिद्ध किराँत हाङसाम युमा माङहिमको लागि तिहारमा खेलाइएको देउसीभैलो कार्यक्रमबाट रु एक लाख ८२ हजार सङ्कलन भएको छ ।

एकवर्ष अघि शिलान्यास भएको उक्त माङहिम (मन्दिर) निर्माणका लागि स्थानीय युवाको सक्रियतामा दीपावलीको अवसरमा एकतप्पा गाविस भरिमा खेलाइएको देउसीभैलोबाट उक्त रकम सङ्कलन भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर योङहाङले मन्दिर निर्माणका लागि विभिन्न स्रोतको पहिचान गरिरहेको बताए ।

मन्दिर निर्माणका लागि हालसम्म मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलामले रु एक लाख ९६ हजार, गाउँ परिषद्बाट रु दुई लाख १४ हजार, समाजसेवी डम्बर खडकाले रु ४१ हजार आर्थिक सहयोग गरेका छन् ।

यसअघि शिलान्यासका समयमा स्थानीयवासीबाट तीन लाख ३२ हजार रकम सङ्कलन भएको समेत अध्यक्ष योङहाङले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share