आइतवार, असार १९, २०७९

मन्दिरमा रु छ लाख भेटी सङ्कलन

१८ कार्तिक २०७३, बिहीबार ०८:०५

रामपुर (पाल्पा), १८ कात्तिक । यहाँको भैरवस्थान मन्दिरमा रु ६ लाख बराबरको भेटी सङ्कलन भएको छ । जिल्लाकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा स्थापित यस मन्दिरमा दसँैको अवसरमा सो रकम सङ्कलन भएको हो ।

कालरात्रिका अवसरमा मन्दिरमा अहिलेसम्मकै ठूलो दान रकम सङ्कलन भएको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए । अघिल्लो वर्ष यस मन्दिरमा रु एक लाख बराबरको दान रकम सङ्कलन भएको थियो ।

यस वर्ष सो अवसरमा पाँच सय बोका, पाँच सय कुखुरा गरी करिब एक हजार पाँच सयको हाराहारीमा पशु बलि चढाइएको थियो भने ५० हजारभन्दा बढी दर्शनार्थीले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share