बिहिबार, माघ ६, २०७८

मन्त्रीहरुको जिल्ला भ्रमणबापत वीलको ओइरो

१६ जेष्ठ २०७३, आईतवार १९:२५

खिला कार्की
काठमाडौं, १६ जेठ । ओली सरकारका उपप्रधानमन्त्री मन्त्री र राज्यमन्त्री गरेर २८ जना मन्त्रीले जिल्ला भ्रमण गरेर राज्यकोषको ३१ लाख ३८ हजार ९ सय १० रुपैया आफ्ना सहयोगी मार्फत भुक्तानी लिनका लागि आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वील पेश गरेका छन् ।
यो त उनीहरुले राज्यकोषबाट अनुगमन मूख्यांकन खर्चका नाममा असुल्ने रकम हो । यो बाहेक जिल्ला जिल्लामा पुगेर आफुले सम्हालेको मन्त्रालय अन्तरगतका कार्यालयलाई गर्न लगाउने खर्च त बेग्लै हुने गर्दछ ।
यसरी राज्यकोषबाट अनुगमन मूख्यांकन खर्चका नाममा शक्तिशाली मन्त्री तथा राज्यमन्त्रीहरुले ठूलो परिणाममा रकम भुक्तानीका लागि वील पेश गरेका छन् । अनुगमन मूख्यांकन खर्चका नाममा संचारमन्त्री शेरधन राईले आफ्ना सहयोगी पारुहाङ राईले भुक्तानी पाउने गरी (आइतबार) आजको मितिमा ३ लाख ५७ हजार ८ सय ५० रुपैयाँ दावी गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका वील पेश गरेका छन् ।
त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बल बहादुर महत सहयोगी नृपेन्द्र महतले भुक्तानी पाउने गरी २ लाख ६८ हजार ६ सय २० को वील पेश गरेका छन् । स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले नीजि सहयोगी सरस्वती केसीले भुक्तानी पाउने गरी आजकै मितिमा १ लाख ४८ हजार ३ सय १० रुपैयाँको वील प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेकी छन् ।
उपप्रधानमन्त्रीहरुले अनुगमन मूख्यांकन खर्चका नाममा जिल्ला भ्रमणको वील आ–आफ्नो हैसियत अनुसार पेश गरेका छन् । सवैभन्दा बढीको वील विजय गच्छदारले पेश गरेका छन् भने सवैभन्दा कम चित्रबहादुर केसीले पेश गरेका छन् । केसीले सहयोगी दुर्गादत्त शर्माले भुक्तानी पाउने गरी ३४ हजार ३ सय ३० रुपैया, अर्का उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले सहयोगी छाप बहादुर रायमाझीले भुक्तानी पाउने गरी १ लाख २१ हजार ४ सय १०, त्यस्तै उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले सहयोगी दामोदर वाग्लेले भुक्तानी पाउने गरी २ लाख २९ हजार ८ सय ४०, नेकपा मालेका महासचिव रहेका उपप्रधानमन्त्री चन्द्र प्रकाश मैनालीले सहयोगी रोसन प्रसाद रिमाल भुक्तानी पाउने गरी १ लाख १५ हजार ९ सय १० रुपैयाँ र फोरम लोकतान्त्रिकका अध्यक्ष उपप्रधानमन्त्री गच्छदारले सहयोगी यज्ञ प्रसाद चौधरीले भुक्तानी पाउने गरी ३ लाअ ९ सय ५५ रुपैयाँको वील प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।
यसरी वील पेश गर्नेमा सामान्य प्रशासन मन्त्री रेखा शर्माले नीजि सहयोगी राजेन्द्र भट्टराईले भक्तानी पाउने गरी आजै ४३ हजार ९ सय १० रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले सहयोगी प्रथम कुमार चौधरी भुक्तानी पाउने गरि आजै ४९ हजार ७ सय ८० रुपैयाँ, खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले सहयोगी राधेश्याम यादवले भुक्तानी पाउने गरी ४० हजार ५ सय रुपैयाँ, स्वास्थ्य राज्य मन्त्री मोहम्मद मुस्ताक आलमले सहयोगी राजु पौडेलले भुक्तानी पाउने गरी ३३ हजार १ सय ५० रुपैयाँको वील प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेका छन् ।
त्यसैगरी अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सहयोगी यमराज पाण्डेले भुक्तानी पाउने गरी ५६ हजार ६ सय ८० रुपैयाँ, उद्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद)ले स्वकीय उपसचिव तेज प्रकाश नेपाली भुक्तानी पाउने गरी ३८ हजार ७ सय ७०, गृह मन्त्री शक्ति बहादुर वस्नेतले सहयोगी विन्दमान विष्टले भुक्तानी पाउने गरी ७३ लाख ६ सय ५० रुपैयाँको वील पेश गरेका छन् । गृहमन्त्रीलाई दैनिक पाँच लाख सम्म बिना कुनै जानकारी खर्च गर्नका लागि कानुनले नै छुट दिएको छ ।
यस्तै मन्त्री आनन्द प्रसाद पोखरेलले सहयोगी उमेश आचार्यले भुक्तानी पाउने गरी १ लाख ६ हजार १ सय ३५, अर्थ राज्य मन्त्री दामोदर भण्डारीले सहयोगी लोकबहादुर भण्डारीका नाममा भुक्तानी हुने गरी १ लाख २७ हजार ५ सय ४०रुपैयाँ, जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले सहयोगी रोशन कुमार पासवानले भुक्तानी पाउने गरी ७२ हजार ४ सय रुपैयाँ, भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले प्रकाश चौधरी मार्फत भुक्तानी लिने गरी ७७ हजार ६ सय ७० रुपैयाँ, उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्ना स्वकीय शाखा अधिकृत पदमप्रसाद गैरेका नाममा भुक्तानी हुने गरी २ लाख ५ हजार १० रुपैयाँ, भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री विक्रमबहादुर थापाले सहयोगी केदारबहादुर धमलामार्फत भुक्तानी पाउने गरी १ लाख ३ हजार १ सय २० रुपैयाँ, शान्ति तथा पुनर्निर्माण राज्य मन्त्री दिपनारायण शाहले सहयोगी संजिव कुमार शाहले भुक्तानी पाउने गरी ८४ हजार ३ सय ४० रुपैयाँ, श्रम तथा रोजगार मन्त्री दिपक बोहराले सहयोगी धर्मबहादुर के.सी.का नाममा भुक्तानी हुने गरी ४६ हजार ४ सय ८० रुपैयाँको वील आज प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले सहयोगी भागवत प्रसाद चौधरीका नाममा भुक्तानी हुने गरी २९ हजार १ सय ३० रुपैयाँ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले स्वकीय उपसचिव लेखनाथ निरौलाका नाममा ५९ हजार ७० रुपैयाँ, पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले सहयोगी प्रमेश पोखरेलका नाममा ९४ हजार ७ सय १० रुपैयाँ, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सहयोगी इन्द्रमणि पोखरेलका नाममा भुक्तानी पाउने गरी १ लाख २२ हजार ५ सय ५०रुपैयाँ, र सिंचाई मन्त्री उमेश कुमार यादवले योगेन्द्र यादवका नाममा भुक्तानी पाउने गरी ९७ लाख ९० रुपैयाँको वील प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गरेका छन् । जुन कुराको नामावली तल उल्लेख गरिएको छ ।

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ
सि.नं विवरण ब.उ.शि.नं. खर्च शिर्षक खरिद प्रक्रिया प्यान नं भुक्तानी पाउने व्यक्ति/ संस्था बिल / निवेदन प्राप्त भएको मिति रकम कैफियत अपलोड समय
माननीय सामान्य प्रशासन मन्त्री श्री रेखा शर्माज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित राजेन्द्र भट्टराई २०७३-०२-१६ ४३,९१०।०० २०:५६
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री रामजनम चौधरीज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित प्रथम कुमार चौधरी २०७३-०२-१६ ४९,७८०।०० २०:५८
माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री श्री शेरधन राईज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित पारुहाङ राई २०७३-०२-१६ ३,५७,८५०।०० २१:०२
माननीय खानेपानी तथा सरसफाई राज्य मन्त्री श्री दिनेशचन्द्र यादवज्युसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित राधेश्याम यादव २०७३-०२-१६ ४०,५००।०० २१:०५
माननीय स्वास्थ्य राज्य मन्त्री श्री मोहम्मद मुस्ताक आलमसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित राजु पौडेल २०७३-०२-१६ ३३,१५०।०० २१:०५
माननीय अर्थ मन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्चको भुक्तानी । ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित यमराज पाण्डे २०७३-०२-१६ ५६,६८०।०० २१:०९
माननीय उप-प्रधानमन्त्री श्री चित्र बहादुर केसीज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित दुर्गादत्त शर्मा २०७३-०२-१६ ३४,३३०।०० २१:१४
माननीय उपप्रधान तथा उर्जा मन्त्री श्री टोप बहादुर रायमाझीज्यूसहितको विभिन्न भ्रमण खर्च भुक्तानी ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित छाप बहादुर रायमाझी २०७३-०२-१६ १,२१,४१०।०० २१:२०
माननीय उद्योग राज्य मन्त्री श्री मेघराज नेपाली (निषाद) ज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित स्वकीय उपसचिव तेज प्रकाश नेपाली २०७३-०२-१६ ३८,७७०।०० २१:२७
१० माननीय उपप्रधान एवं परराष्ट्र मन्त्री श्री कमल थापाज्यूसहितको विभिन्नन जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित दामोदर वाग्ले २०७३-०२-१६ २,२९,८४०।०० २१:२९
११ माननीय गृह मन्त्री श्री शक्ति बहादुर वस्नेतज्यूसहितको विभन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित विन्दमान विष्ट २०७३-०२-१६ ७३,६५०।०० २१:५६
१२ माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री श्री बल बहादुर महतज्युसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित नृपेन्द्र महत २०७३-०२-१६ २,६८,६२०।०० २२:०४
१३ माननीय मन्त्री श्री आनन्द प्रसाद पोखरेलज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित उमेश आचार्य २०७३-०२-१६ १,०६,१३५।०० २२:०५
१४ माननीय अर्थ राज्य मन्त्री श्री दामोदर भण्डारीसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित लोकबहादुर भण्डारी २०७३-०२-१६ १,२७,५४०।०० २२:३९
१५ माननीय जनसंख्या तथा वातावरण मन्त्री श्री विश्वेन्द्र पासवानज्यूसहितको विभिन्नन जिल्लला भ्रमण खर्च भुक्तानी ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित रोशन कुमार पासवान २०७३-०२-१६ ७२,४००।०० २२:४१
१६ माननीय भुमिसुधार तथा व्यवस्था मन्त्री श्री रामकुमार सुब्बाज्यूसहितको विभन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित प्रकाश चौधरी २०७३-०२-१६ ७७,६७०।०० २२:४३
१७ माननीय उद्योग मन्त्री सोमप्रसाद पाण्डेज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्चको भुक्तानी ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित स्वकीय शा.अ. पदमप्रसाद गैरे २०७३-०२-१६ २,०५,०१०।०० २२:४६
१८ माननीय भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री श्री विक्रमबहादुर थापाज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित केदारबहादुर धमला २०७३-०२-१६ १,०३,१२०।०० २२:४७
१९ माननीय शान्ति तथा पुननिर्माण राज्य मन्त्री श्री दिपनारायण शाहसहितको विभिन्न भ्रमण खर्चको ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित संजिव कुमार शाह २०७३-०२-१६ ८४,३४०।०० २२:५१
२० माननीय उपप्रधानमन्त्री श्री चन्द्र प्रकाश मैनालीज्यूसहितको कैलाली विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित रोसन प्रसाद रिमाल २०७३-०२-१६ १,१५,९१०।०० २२:५२
२१ माननीय संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्री कुन्ती कुमारी शाहीज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित सरस्वती केसी २०७३-०२-१६ १,४८,३१०।०० २२:५९
२२ माननीय श्रम तथा रोजगार मन्त्री श्री दिपक बोहराज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित धर्मबहादुर के.सी. २०७३-०२-१६ ४६,४८०।०० २३:०२
२३ माननीय युवा तथा खेलकुद मन्त्री श्री सत्यनारायण मण्डलज्यूसहितको भ्रमण खर्चको विभिन्न जिल्ला भ्रमण खर्च भुक्तानी ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित भागवत प्रसाद चौधरी २०७३-०२-१६ २९,१३०।०० २३:०५
२४ माननीय उपप्रधानमन्त्री श्री विजयकुमार गच्छदारसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित यज्ञ प्रसाद चौधरी २०७३-०२-१६ ३,००,९५५।०० २३:०८
२५ माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री अग्निप्रसाद खरेलज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित स्वकीय उपसचिव लेखनाथ निरौला २०७३-०२-१६ ५९,०७०।०० २३:१०
२६ माननीय पशुपंक्षी विकास मन्त्री श्री शान्ता मानवीज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित प्रमेश पोखरेल २०७३-०२-१६ ९४,७१०।०० २३:१३
२७ माननीय शिक्षा मन्त्री श्री गिरीराजमणि पोखरेलज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित इन्द्रमणि पोखरेल २०७३-०२-१६ १,२२,५५०।०० २३:२३
२८ माननीय सिंचाई मन्त्री श्री उमेश कुमार यादवको विभिन्न जिल्ला भ्रमण खर्च भुक्तानी ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित योगेन्द्र यादव २०७३-०२-१६ ९७,०९०।०० २३:३३

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share