मन्त्रीले हल्ला गर्दा सुरक्षा चुनौती
२३ असार २०७३, बिहीबार ०६:३८काठमाडौ २३ असार– विश्वमै ‘रणनीतिक’ महत्वको खनिज मानिने युरेनियम खानी नेपालमा पाइएको विषयमा सरकारका बहालवाल मन्त्री र वरिष्ठ अधिकारीले नै गोप्यता भंग गरेकोमा सुरक्षाविदले आपत्ति जनाएका छन् ।
राज्यले गोप्यरुपमै अन्वेषण र अनुसन्धान गर्नुपर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिनु दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बनेको उनीहरुको भनाई छ । सुरक्षा प्रवन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविदले बताएको खबर आजको नागरिक दैनिकमा छ ।
पूर्व प्रधानसेनापति रुक्मांगत कटवाले राज्यले सम्बन्धित मन्त्रालय र अधिकारीलाई मात्र जानकारी गराउने विषयमा हल्ला गर्नु उचित नभएको बताए ।