बिहिबार, माघ ६, २०७८

मन्त्रीलाई डेरा खोज्न चटारो

३१ असार २०७३, शुक्रबार ०७:१६

काठमाडौ ३१ असार । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेलगत्तै सरकारमा माोवादीको प्रतिनिधित्व गरेका मन्त्रीहरुले संयुक्त राजीनामा दिए ।

मन्त्री पदको शपथ लिएलगतै उनीहरु पुल्चोकस्थित मन्त्री अावासमा बस्दै आएका थिए । अब मन्त्रीबाट राजीनामा दिएपछि उनीहरु कहाँ, कहिले र कसरी डोरा सर्ने भन्नेका लागेका छन् ।

माओवादी मन्त्रीहरुकेा नेतृत्व गरेका टोपबहादु्र रायमाझी सरकारमा उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा थिए । उनी शुक्रबार बेलुकी सातदोबाटोस्थित मन्त्री हुन अगाडिदेखि बस्दै आएको डेरामा सर्ने तयारीमा छन् ।

कृषिमन्त्री रहेका हरिबोल गजुरेल शनिबार मन्त्री क्वाटर छाड्ने तयारीमा छन् । उनी पनि पुरानै डेरा ज्ञानेश्वरमा सर्ने तयारीमा रहेका छन् ।

माओवादीका तर्फबाट सरकारमा सहभागी अर्का मन्त्री हुन् अग्नी सापकोटा ।  उनलाई भने नयाँ खोज्ने चटारो छ यतिखेर  । पुरानो कोठामा आफन्त बसेका कारण उनी नयाँ कोठाको खोजीमा  छन् । पेप्सीकोला र एकान्तकुनामा कोठापाएका उनले निर्णय भने आज गर्ने जनाएका छन् ।  अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेका शक्तिबहादुर बस्नेत बिहीबार बिहान पुल्चोकस्थित निकास छोडे । उनी मन्त्री हुनु पहिलोदेखि नै भैसेपाटीमा बस्दै आएका थिए । उनले भैंसेपातीमा दुईवटछा फ्ल्याट भडामा लिएका छन् ।

सामान्य प्रसासनमन्त्रीको जिम्मेवारी समाल्ने माओवादी केन्द्रकी मन्त्री रेखा शर्मा उनी पहिले बस्दै आएको मन्त्री क्वाटरनजिककै कोठामा सरेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share