बिहिबार, माघ ६, २०७८

मन्त्रीपरिषदको निर्णय: चीनलाई दुई जोडी गैंडा उपहार

२६ असार २०७३, आईतवार ११:४०

काठमाडौं, २६ असार । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीहरुको फुर्सद नभएपछि स्थगित गरिएको मन्त्रीपरिषदको बैठकले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा उपहार दिने भएको छ ।

चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको सुचना तथा संचार प्रविधी मन्त्री शेरधन राईले जानकारी दिए । मन्त्रिपरिषदको आइतबार बिहान बालुवाटारमा बसको बैठकले सो सम्बन्धी निर्णय गरेको हो । गैंडा उपहार दिने बारे केही वर्षदेखि चीनले आफैं पनि चासो देखाएको थियो ।

गैंडा उपहार दिने निर्णयले दुई देशबीचको सम्बन्ध अझै मैत्रिपूर्ण र प्रगाढ बनाउन थप सहयोग मिल्ने आशा सरकारको रहेको कानुन न्याय तथा संसदीय विकास मन्त्री अग्नीप्रसाद खरेलले बताए । यस्तै बैठकले पूर्वमन्त्री माधव पौडेललाई कानुन आयोगको अध्यक्षमा नियुक्त गरेको छ।

सरकारले इन्जिनियर क्लस्टरबाट रमानन्द यादवलाई सचिवमा बढुवा गरेको छ भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशीष्टीकृत सेवा प्रदान गर्ने गरी उपकरण खरिद गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले संघीय प्रदेशको मुख्य मन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा निर्धारण गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति जुटाएको छ। यस्तै, बैठकले नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवा पनि गरेको ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share