सोमवार, मंसिर २०, २०७८

मन्त्रिपरिषद् बैठक

२० जेष्ठ २०७३, बिहीबार १३:३६

काठमाडौँ, २० जेठ ।

सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो । बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताए ।
फरक प्रसङ्गमा सञ्चारमन्त्री राईले वार्ताबाटै मधेसी मोर्चासहितका दलका मागलाई सम्बोधन गर्न अहिले पनि सरकार तयार रहेको भन्दै मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share