शुक्रबार, कार्तिक ५, २०७८

मन्जुको पहिलो आधुनिक गीत

२३ भाद्र २०७३, बिहीबार १२:५६

लोक गायीका मन्जु पौडेलले आफ्नो गलाको स्वाद फेरीकी छिन । सधै उदघोषण र लोकलयमै सजिने मन्जुले सिड्नीमा आफ्नो आधुनिक गीतको छांयाकन गरेकी छिन ।

मलाइ माया गर्न नामक सो आधुनिक गीतमा उनलाई शान्तिम कोइरालाले साथ दिएका छन । बिनोद घिमिरेको शब्द, संगित तथा अर्जुन पोखरेलेको संयोजन रहेको यस गीतलाई सीडनी आधार बनाएर गाइएको छ । यस गीतमा जिवन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियो समेत बजारमा आइसकेको छ । गीतमा स्वयम् मन्जु पौडेल र सीडनीका युवा सर्जक बिरेन्द्र मल्लले माडलिङ गरेका छन । उनिहरुलाई स्थानिय बालकलाकार प्रसुन साह र साया केसीले माडलिङमा साथ दिएका छन ।

तीजको समझममा आफना लोकलयमार्फत प्रवासी दिदि बहिनीहरुको भावना साटन परदेशमै रहेकी मन्जुले केहि नया गरौ भन्ने सोचका साथ मलाइ माया गर्न गित गाएको बताइन । गित संगितमा लागेपछि केहि नौलो कुरो गर्न मन लाग्दो रहेछ , आधुनिक गित पनि गाएर,दर्शक श्रोतालाई पस्कने प्रयास गरेको छु , उनले भनिन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share