शुक्रबार, असार १७, २०७९

मनिषाको हत्याबारे न्यायिक छानबिन गर्न माग

६ असार २०७३, सोमबार ०६:५७

नवलपरासी, ६ असार । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्नुपर्ने माग गरिएकाे छ ।

स्थानीय प्रहरी प्रशासनलाई दबाब दिने उद्देश्यले घटनाको सत्य तथ्य छानबिनको माग राख्दै मृतकका आफन्त र स्थानीयवासीले सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

घटनाको न्यायिक छानबिन र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै स्थानीयवासीले प्रजिअ र प्रहरी उपरीक्षकको ध्यानाकर्षण गराएका थिए । मनिषा करिब एक महिनाअघि नवलपरासीको पञ्चगनर भानुनगरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share