शुक्रबार, कार्तिक ५, २०७८

मनसुन अझै १५ दिन सक्रिय, झरी पनि दुई दिन सम्म

२७ भाद्र २०७३, सोमबार १०:५०

काठमाडौँ, २७ भदौ । बर्षातयामको अन्तिममा मनसुन अझै केहि समय बाँकी रहेकाले देशभर मौसम बदली भई अझै दुई दिन सम्म झरी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन अझै १५ दिन सम्म सक्रिय रहने बताइएको छ । मनसुन बढि मुलुकको पुर्व र मध्य भागमा सक्रिय भएको यो क्षेत्रमा भारी बर्षा हुन सक्ने सम्भावना भएको बिभागले जनाएको छ । महाशाखाका अनुसार काठमाडौमा आज दिनभर जसो बर्षा हुने र राती अझै बढि पानी पर्ने दिउँसो बर्षात राति अझै बढि बर्षा हुनेछ । सामान्यतया मनसुन समय सेप्टेम्वर २३ सम्म चल्ने गरको छ । तर यसपटक भने मनुसुन केहि लामो समय सक्रिय रहने महाशाखाले जनाएको छ । बर्षाका कारण राजधानी लगायत देशभरको मौसम प्रभावित भएको छ ।

महाशाखाले मनसुन समय अझै १५ दिन जति बाकी रहेकाले केहि दिन सुख्खा रहेको मनसुन फेरी सक्रिय भएको हो । न्युन चापिय क्षेत्र बंगालको खाडीबाट सर्दै हाम्रो क्षेत्रमा आएकाले बर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज विहान काठमाडौमा ६७ मिलिमिटर बर्षा भएको छ । धनकुटामा २३ मिलिमिटर, ताप्लेजुङमा ५८ मिलिमिटर, विराटनगरमा ८ मिलिमिटर, धनगडीमा १८ मिलिमिटर, नेपालगञ्जमा २७ मिलिमिटर बर्षा भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share