मध्यमाञ्चललाइ स्वर्ण
२१ जेष्ठ २०७३, शुक्रबार १९:२९काठमाडौँ, २१ जेठ । आठौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्थरीय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फ मध्यमाञ्चलले स्वर्ण जितेको छ ।
टियु मैदान किर्तिपूरमा भएको फाइनल खेलमा मध्यपश्चिमाञ्चल क्रिकेट टिमलाई ३४ रनले पराजित गर्दै मध्यमाञ्चलले स्वर्ण जितेको हो ।
पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५७ रन बनायो । जवाफमा १ सय ५८ रनको लक्ष्य पच्छाएको मध्यपश्चिमाञ्चल १९ दशमलव ४ ओभरमा १ सय २३ रनमा समेटियो । उपविजेता मध्यपश्चिमाञ्चलले रजतमा चित्त बुझाउदा पश्चिमाञ्चलले काश्य पदक जितेको छ ।