शुक्रबार, असार १७, २०७९

मध्यपश्चिममा रोपाईंको रौनक

८ असार २०७३, बुधबार १८:१३

सुर्खेत, ८ असार ।
सुर्खेतको लाटीकोइलीमा भर्खरै रोपाईंको रौनक बढ्न थालेको छ । आकाशे पानीका भरले मात्रै रोपाईं हुने सुर्खेत उपत्यकामा मंगलबार र वुधबार परेको पानीले जमिन भिजेपछि किसानले खेत जोत्न थालेपछि रोपाईंको रौनक बढ्न थालेको हो ।

जमिन भिजाउने र हिल्याउने पानीको पखाईमा बसेका किसानले पानी परेको मौका छोप्दै बाँझो जमिन जोत्न थालेका छन् । यसअघि आएको पानीले व्याड (वीऊ) मात्रै राख्न पुग्यो यहाँका किसानले पछिल्लो पटक परेको पानीसँगै बाँझो खेत पनि जोत्न थालेका हुन् । पानीले यस्तै साथ दिइएमा उनीहरु छिटै धान रोप्ने सुरसारमा छन् ।

आकाशे पानीको भरमा खेती गर्ने सुर्खेत उपत्यकाका किसान पानी परेसँगै खेत जोत्ने अभियानमा जुटेका छन् । पानी नपरेसम्म खेत जोत्न समेत समस्या हुने सुर्खेत उपत्यकाका किसानले हिजो आज परेको पानीसँगै रोपाईंका लागि खेत जोत्ने अभियानमा जुटेका हुन् ।

13510655_1002877896500131_1653017258_n
सुर्खेतमा १४ हजार ६ सय हेक्टर क्षेत्रफल मध्ये ४ हजार ७ सय हेक्टर जमिनमा कुलोबाट सिंचाई गरेर रोपाईं हुने गरेको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका योजना अधिकृत दिलिप जंग रानाले जानकारी दिए । उनले सुर्खेतको ९ हजार ९ सय हेक्टर क्षेत्रफलमा आकाशे पानी कै भरमा व्याड राख्दै र खेत जोत्ने काम भइरहेको बताए ।

त्यस्तै सिंचाई कुलो लाग्ने ५ सय ६० हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको हालसम्म सुर्खेतमा १२ प्रतिशत क्षेत्रफलमा रोपाईं भइसकेको योजना अधिकृत रानाले बताए । उनले असार १५ गतेसम्म २० प्रतिशत रोपाई हुने अनुमान गरिएको जानकारी दिए । मौसमले अहिले जस्तै साथ दिएमा साउन महिना भरीमा ८८ प्रतिशत रोपाई हुने उनको भनाई छ ।

समयमा वर्षात नहुँदा सुर्खेतमा गत वर्ष ९० प्रतिशत रोपाई भएको र यो वर्ष समयमै पानी परेको हुनाले विगतको तुलनामा धान खेतीमा राम्रो सुधार हुने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत रानाले जानकारी दिए ।

असारको महिना लाग्दै पानी पर्न थालेपछि सुर्खेत लगायत मध्यपश्चिम क्षेत्रका जिल्लाका किसान रोपाईं अभियानमा जुटेका छन् । मध्यपश्चिम क्षेत्रमा ३८ प्रतिशत रोपाईं सकिएको छ । तर हिमाली र मध्यपहाडीको तुलनामा पहाड र तराईमा कम रोपाईं भएको छ ।

मध्यपश्चिमका १५ जिल्ला मध्ये दाङमा १३ प्रतिशत, बाँकेमा ३० प्रतिशत, बर्दियामा ३५ प्रतिशत गरेर तराईका जिल्लाहरुमा समग्र रुपमा १४ प्रतिशत रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका प्राविधिक सहायक पूर्ण थापाले जानकारी दिए । मध्यपहाडी सल्यानमा ५५ प्रतिशत, जाजरकोटमा ५१ प्रतिशत, रुकुममा ४२ प्रतिशत, प्यूठानमा ७० प्रतिशत, रोल्पामा ५९ प्रतिशत, सुर्खेतमा १२ प्रतिशत, दैलेखमा २१ प्रतिशत गरेर समग्रमा ४४ प्रतिशत रोपाई भइसकेको मध्यपश्चिममाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

त्यसैगरी मुगुमा ५६ प्रतिशत, हुम्लामा ६८ प्रतिशत, जुम्लामा ६६ प्रतिशत, डोल्पामा ६० प्रतिशत र कालीकोटमा ३० प्रतिशत गरी हिमाली जिल्लामा ५६ प्रतिशत रोपाईं भइसकेको मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक थापाले जानकारी दिए ।

मध्यपश्चिम क्षेत्रका १५ जिल्ला मध्ये १४ जिल्लामा असार महिना भित्रै रोपाई सकिने भएपनि आकाशे पानीको भरमा रोपाईं हुने बाँके जिल्लामा साउनको महिनासम्म रोपाई हुने गरेको प्राविधिक सहायक थापाले बताए । उनले पानी समयमै परेको हुनाले गत वर्षको तुलनामा मध्यपश्चिम क्षेत्रमै रोपाईको अवस्था सन्तोषजनक भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share