आइतवार, अशोज ३१, २०७८

मधेसी मोर्चा विभाजनको सँघारमा

२० भाद्र २०७३, सोमबार ०७:४३

काठमाडौं,२० भदौं । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो ।

आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका छ ।

संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको स्रयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् ।

सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरे ।

तराईमधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन् लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share