शुक्रबार, असार १७, २०७९

मधेसवादी दलद्वारा सदन बहिष्कार

६ असार २०७३, सोमबार १२:१९

काठमाडौँ, ६ असार । मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै साेमबार पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरकाे छन् ।

सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए ।

सांसद कर्णले सभामुखमार्फत संविधान संशोधनसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न ठूला पार्टी एक ठाउँमा बसेर संविधान संशोधन गर्न तयार हुनुपर्ने र आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न गम्भीर हुनुपर्ने बताउँदै मधेस केन्द्रित दलहरुले बैठक बहिष्कार गरेको जानकारी गराए ।

यथावस्थामा संविधान कार्यान्वयन गर्न नदिने बताउँदै उनले मधेस आन्दोलनमा पाँच दर्जनको मृत्यु भए पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share