शुक्रबार, असार १७, २०७९

भोजपुरमा बिरामीको चाप बढ्यो

१९ कार्तिक २०७३, शुक्रबार ०८:२२

भोजपुर, १९ कात्तिक । दसैँ तिहार सकिएलगत्तै भोजपुरमा विभिन्न किसिमका बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ ।

नेपालीको महान् चाड दसैँ र तिहारमा खानेकुरामा चिल्लोपदार्थ बढी भएपछि ग्यास्ट्राइटिस, रुघा, निमोनिया, टाइफाइड र ज्वरोका बिरामीको सङ्ख्यामा एक्कासि वृद्धि भएको हो ।

तिहारपछि दैनिक २४ जनाको सङ्ख्यामा बिरामी उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा आउने गरेको जिल्ला अस्पतालका डाक्टर रमन झाले जानकारी दिए ।

मौसम परिवर्तन र खानपानको स्तर नमिल्ने भएपछि अस्पतालमा बिरामीको एक्कासि चाप बढेको सिद्धकाली हस्पिटल प्रालिले जनाएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share