मङ्लबार, कार्तिक ९, २०७८

भूकम्पमा एमाले नेताका पनि हराए कागजात

१ आश्विन २०७३, शनिबार ०८:१०

काठमाडौं,१ असोज- १२ बैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ ।कागजात हराएपछि एमालेले नयाँ ढाँचामा सम्पत्ति विवरण अद्यावधिक गर्ने भएको छ । गत वर्ष १२ बैशाख र २९ जेठमा भएको भूकम्पले एमालेको तत्कालीन बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएको थियो ।

धुम्बाराहीमा पार्टी कार्यालय सार्ने क्रममा नेताहरुको सम्पत्ति विवरणसँग जोडिएका कागजात हराएको केन्द्रीय अनुशासन आयोगले जनाएको छ ।

केन्द्रीय पदाधिकारी स्थायी कमिटी र पोलिटब्यरोका नेतासहित एक सय ८४ जना केन्द्रीय सदस्य, एक सय ८२ साँसद, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरु, पार्टीको सिफारिसमा राजनितिक नियुक्ति पाएका नेता— कार्यकर्ताको कागजात हराएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share