शुक्रबार, कार्तिक ५, २०७८

भूकम्पप्रभावित क्षेत्रका इन्जिनियरद्वारा सुविधाको माग

३० भाद्र २०७३, बिहीबार १३:००

काठमाडौँ, ३० भदौ । भूकम्पपश्चात् सहरी विकास मन्त्रालयबाट नियुक्ति लिएका इन्जिनियरले उचित सेवासुविधा दिनुपर्ने माग गरेका छन् ।

चौध जिल्लामा खटिएका करिब दुई हजार ६०० प्राविधिक (इन्जिनियर आर्किटेक्ट, सबइन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर)ले कार्यक्षेत्रमा रही काम गर्नका लागि कार्यालय नभएको हुनाले तत्काल प्राविधिक कार्यालयको व्यवस्था नभए कार्यक्षेत्रमा नजाने भन्दै बुधबार सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक पदम मैनाली, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव कालीप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

इन्जिनियर सन्तोष क्षेत्री, रामकृष्ण आचार्य, विनोद पाल, रमेश सुवेदी लगायतको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा काम गर्दा विभिन्न जोखिम (भौगोलिक र मानवीय) भोग्नु परिरहेकोले उचित बीमा र सुरक्षाको व्यवस्थासमेत अपिल गरेको छ ।

इन्जिनियर क्षेत्रीले उचित सेवासुविधा (तलब, भत्ता, पर्व भत्ता, सञ्चार र यातायात खर्च) नदिएसम्म कार्य क्षेत्रमा नजाने चेतावनी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share