शनिबार, मंसिर १८, २०७८

भूकम्पपीडितलाई जग्गा दान

१९ जेष्ठ २०७३, बुधबार १२:२१

धुन्चे (रसुवा), १९ जेठ ।

सुरक्षित र सहज जीवनयापनका लागि एक दाताले भूकम्पपीडितलाई जग्गा दान गर्नुभएको छ । डाँडागाउँ वडा नं –१ निवासी भरत उपनामले चिनिने पितानाथ रैलाले सोही गाविस–९ करुमाङ निवासी भूकम्पपीडित पूर्णबहादुर तामाङले ६ आना जग्गा पुनर्वासका लागि दान स्वरुप प्रदान गर्नुभएको मालपोत कार्यालय रसुवाले जनाएको छ ।

आफ्ना माता बालकुमारी रैला र छोरी निर्मला रैलाको २०७२ सालको विनाशकारी भूकम्पका कारण मृत्यु भएको र उहाँहरूको सम्झना गर्दै ग्रामीण दूरदराज घर निर्माणका लागि जग्गाको स्वामित्व हस्तारन्तरण गरेको जग्गादाता रैलाले बताउनुभयो । भूकम्पबाट करुमाङ (डाँडागाउँ) क्षेत्रका दुईसय भन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share