शनिबार, मंसिर १८, २०७८

भूकम्पपीडितका लागि सहयोगी हात बढ्दै

२५ जेष्ठ २०७३, मंगलवार ०८:१६

धुन्चे (रसुवा), २५ जेठ ।

पुख्र्यौली थलो चिरिएपछि अन्यन्त्र आश्रय लिइरहेका भूकम्पपीडितको बसोबास सहज बनाउन सहयोगी हात अगाडि बढ्न थालेका छन् ।

वृद्धिम गाविस–१ निवासी काले तामाङले सोही क्षेत्रका घ्याल्साङ तामाङलाई चार आना तथा कार्मु तामाङ र पेम्बाछेवा तामाङ्नीलाई आठ आठ आनाका दरले सुरक्षित घडेरी स्वामित्वसहित निःशुल्क प्रदान गरेको लाभग्राहीले बताएका छन् ।

यही जेठ १८ गते डाँडागाउँ गाविस–१ निवासी भरत भनिने पितनाथ रैलाले सोही गाविस–९ का भूकम्पपीडित पूर्णबहादुर तामाङलाई छ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share