आइतवार, असार १९, २०७९

भूकम्पपछि मानव बेचबिखनको जोखिम बढ्दै

१८ जेष्ठ २०७३, मंगलवार १६:५०

बनेपा, १८ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि ग्रामीण भेगका युवा वैदेशिक रोजगार र मानव बेचबिखनको जोखिममा परेका छन् ।

नेपाल महिला तामाङ घेदुङले एक वर्षका अवधिमा जिल्लामा गरेको अध्ययनले विद्यालय छाडेका बालबालिका र प्रवेशिका अनुत्तीर्ण विद्यार्थी त्यस्तो जोखिममा परेको घेदुङका कार्यक्रम संयोजक मायालु तामाङले जानकारी दिए ।
“वैदेशिक रोजगारीमा गएका केही ठगिएका छन् र केही मानव बेचबिखनको जोखिममा छन्” कार्यक्रम संयोजक तामाङले भने ।
उनले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि जिल्लाका करिब २५ गाविसमा ५०२ जनालाई सुरक्षित बसाइँसराइ सम्बन्धी अनुशिक्षण दिइएको जानकारी दिँदै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सुरक्षित बसाइँसराइ सञ्जाल निर्माण भएको बताए ।
“वैदेशिक रोजगारीमा ठगीमा पर्ने र बेचबिखनमा पर्ने व्यक्ति पुनः त्यही समाजमा बस्नुपर्ने भएकाले सबै कुरा खुलेर भन्न पीडित पक्ष चाहँदैन” नेपाल महिला तामाङ घेदुङका अध्यक्ष सुनी लामाले भने । उनले जिल्लाभर ५० गाविसमा मानव बेचबिखनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै संस्थाले वैदेशिक रोजगारीका सिलसिलामा अलपत्र भएका आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक विदुरकुमार थापाले मानव बेचबिखनको जोखिममा परेकाहरु खुलेर आउन नसकेको जानकारी दिँदै पीडितले नै प्रहरीलाई उपेक्षा गरेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share