शनिबार, असार ११, २०७९

भूकम्पका चित्र

१९ असार २०७३, आईतवार ११:४६

काठमाडौंँ, १९ असार । कलाकार विशाल मानन्धरको एकल कला प्रदर्शनी तारागाउँ म्युजियममा एक हप्तादेखि चलिरहेको छ ।

भूकम्प र त्यसको असरलाई कलात्मक रुपमा क्यानभासमा बनाइएका चित्र प्रदर्शनीमा राखिएको छ । ‘इमोसनल वाल्स’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा मानन्धरले भूकम्पले भत्काएका घर र त्यसको त्रासदीलाई चित्रात्मक रुप दिएका छन् ।

“भूकम्पले पु¥याएको नेपालको अवस्थालाई मैले चित्रमा उतारेको हुँ, घर र तिनमा देखिएका त्रासदीपूर्ण चर्किएका रेखालाई क्यानभासमा भाव भर्ने मेरो आशय हो” कलाकार मानन्धरले बताए ।

भूकम्प गएको वर्ष दिनपछि मानन्धरले यस बीचमा बनाएका चित्राकृतिलाई प्रदर्शनीमा ल्याएका हुन् । उनका कलामा नेपाली समाजको त्रासदीपूर्ण कालखण्ड उधिनिएको कलाकार नवेन्द्र लिम्बूले बताए । उनले भने, “समाजलाई नराम्रो गरी प्रभाव पारेको भूकम्पको स्मृतिलाई कलाकारले विम्बात्मक रुपमा चित्रमा उतारेको पाएँ ।”

म्युजियमका निर्देशक रोशन मिश्रले मानन्धरका कलामा नेपाली सुगन्ध रहेको बताए । उनले भने, “प्राकृतिक विपत्लाई कलाकारले भावुक ढङ्गले क्यानभासमा उतारेका छन् । यो नेपाली समाजको दुखद र लामो समयसम्म सम्झिरहने घटना हो । यसलाई कलाकारले निकै कलात्मक रुपमा चित्रण गर्दै स्मरणयोग्य बनाएका छन् ।” प्रदर्शनी सोमबारसम्म रहनेछ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share